१२ वाणिज्य बैंकमध्ये ५ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा धेरै, कुनको कति ?

काठमाडौं । हालसम्म १२ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ५ वटा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । ९ वटा बैंकको इपीएस १० रुपैयाँ  भन्दा बढी देखिएको छ । बैंकहरुको नाफामा सुधार आएसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो । १२ मध्ये २ वटाको भने उक्त आम्दानी घटेको छ ।

यता, एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३७.९९ रुपैयाँ छ । दोस्रोमा, कृषि विकासको २७.६३, नबिल बैंकको २६.३४ रुपैयाँ देखिएको छ । सिद्धार्थ बैंकको २४.१० रुपैयाँ, प्रभुको २३.१२ रुपैयाँ इपीएस छ । १२ बैंकमध्ये सबैभन्दा धेरै प्रभु बैंकको प्रतिसेयर आम्दानी बढेको छ । यसको उक्त आम्दानी २०.९५ रुपैयाँले बढेको छ । सिटिजन्स, कुमारी र हिमालयन बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ भन्दा कम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार