काठमाडौं । अघिल्लो वर्षको नाफाबाट बोनस सेयर वितरण गरेका ३ कम्पनीको उक्त सेयर सूचीकरणको अन्तिम तयारीमा छ । नेसनल लाइफ इन्सुरेन्स, हिमालयन रिइन्सुरेन्स र नेको इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत हुने अन्तिम तयारीमा छ ।
नेसनल लाइफले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यसको २६ लाख ६ हजार ६६ कित्ता बोनस सेयर लिस्टिङ हुँदैछ । यता, हिमालयन रिइन्सुरेन्सले ४.५० प्रतिशत र नेको इन्सुरेन्सले ७ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । यी २ कम्पनीको क्रमशः ४६ लाख ८० हजार र १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकरण हुँदैछ ।

