काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (साउन २९ गते)देखि एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापत कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।
योजनाको बारेमा
एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालन गर्न लागिएको “एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” दोश्रो खुलामुखी योजना हो । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक MINI SIP tyf STP (Systematic Transfer Plan) जस्ता विशेषतहरु समावेश गरिएका छन् ।
यस योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरु छनौट गरी लगानी गरिने क्यापिटलले जनाएको छ । यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरुमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरुमा लगानी गरिने जनाइएको छ ।
किन रोज्ने ? NIC ASIA Equity Linked Investment Scheme (ELIS)
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (ELIS) विविध विशेषता सहितको खुलामुखी योजना हो । उक्त योजना दक्ष तथा प्रमाणित कार्य अनुभव हाशिल गरेको कोष व्यवस्थापक एन आई सी एशिया क्यापिटलले संचालन गर्न लागेको छ ।
एन आई सी एशिया क्यापिटलले हाल संचालन गरिरहेका म्युचुअल फण्ड योजनाहरुको नियमित रुपमा उचित प्रतिफल वितरण गर्न सफल भएको छ । यस योजनामा व्यवस्थित तथा नियमित रुपमा लगानी गरी उचित प्रतिफल चाहने व्यक्तिहरूका लागि लगानीको लागि उपयुक्त विकल्प हो ।
नेपालको सन्दर्भमा हेर्दा पूँजी बजार विकासको क्रममा रहेको र यस योजनाको अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्ने रहेको हुँदा बजारको विस्तार सँगसगै यस योजनामा लगानी गर्ने इकाईधनीको सम्पत्ति समेत बढ्दै जाने हुँदा यस प्रकारको योजनामा लगानी गर्दा लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ ।
कुनै पनि व्यक्तिले न्यून जोखिम लिई स–सानो रकम नियमित रुपमा दीर्घकालसम्म लगानी गरी भविष्यमा उचित प्रतिफल सहित एकमुष्ठ ठुलो रकम प्राप्त गरी आफ्नो Wish List मा रहेका वस्तु तथा सेवा प्राप्त गर्न तथा आफ्नो वित्तीय आवश्यकता पुर्ति गर्नको लागि यस प्रकारको योजनाहरुमा लगानी गर्दा निकै लाभदायक हुने देखिन्छ ।
NIC ASIA Equity Linked Investment Scheme (ELIS) का मुख्य विशेषताहरू ः
Systematic Investment Plan (SIP) : लगानीकर्ताहरुले नियमित रुपमा निश्चित समयसम्म लगानी गरी Power of Compounding को लाभ लिन सकिने ।
MINI SIP
नेपालमै पहिलो पटक MINI SIP मात्र रु.५०० गर्न मिल्ने सुविधा ।
Systematic Transfer Plan (STP) ः एन आई सी एशिया क्यापिटलबाट संचालित अर्को खुलामुखी योजनामा यस योजनामा गरिएको लगानी स्थानान्तरण गर्न सकिने ।
Systematic Withdrawal Plan (SWP) : एक मुष्ठ रकम लगानी गरी वा SIP गरिएको रकम निश्चित समय पश्चात् आफ्नो आवश्यकता अनुसार नियमित रुपमा निकाल्न मिल्ने सुविधा ।
SIP Booster : लगानी योग्य रकम भएको समयमा आफ्नो क्षमता अनुसार थप रकम लगानी गर्न मिल्ने सुविधा ।
Salary vantage
संघ संस्थाहरुले एन आई सी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरी आफ्नो तलबी कर्मचारीहरुको तलब÷भत्ताबाट केही रकम सोझै जम्मा गरी इकाई खरिद गरिदिन सक्ने ।
Equity Oriented Scheme : योजनाको अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुको राम्रो सँग अध्ययन अनुसन्धान गरी अल्पकालिन, मध्यकालिन र दीर्घकालीन रणनीतिक कार्य योजना बनाइ लगानी गरिने ।
Track Record : अनुभवी योजना व्यवस्थापकबाट संचालित तथा हाल संचालमा रहेको म्युचुअल फण्ड योजनाहरुबाट नियमित रुपमा उचित प्रतिफल वितरण गर्न सफल भएको ।
Portfolio Divestment : योजनाको रकम लगानी गर्दा मुद्रा बजार उपकरण तथा धितोपत्र बजारमा लगानीको अवसर हेरी लगानी विविधकरण गरिने हुँदा योजनाको इकाईधनीहरुलाई उचित प्रतिफल प्राप्त गर्न सक्ने ।

