काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३६ करोडबाट घटेर ११ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ । यता, फि तथा कमिसनबाट हुने आम्दानी भने बढेको छ । इम्पेयरमनेट चार्ज घटेको छ । उक्त चार्ज घट्दा नाफा सुधार आएको हो ।
बैंकले ३ खर्ब ६७ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ८ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १६.९१ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता १२.३४ प्रतिशत छ । एनपीएल ४.२५ प्रतिशत कायम भएको छ ।

