सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ ।

बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँका दरले वृद्धि भएको हो । आज छापावला सुन प्रतितोला १ लाख ९६ हजार ८ सय ८ रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ ।

बुधबार सुन तोलाको १ लाख ९६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यबसाई महाँसघले जनाएको हो ।

यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार २३ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २३ सय ४० रुपैयाँमा कारोबार भएको  महाँसंघले जनाएको छ । चाँदी बुधबारको तुलनामा १५ रुपैयाँले बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार