नेपाल बैंकले कमायो ३ अर्ब ७७ करोड नाफा, प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ हजार १७५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसको खुद ब्याज आम्दानी ८ अर्ब ६३ करोडबाट बढेर १० अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । यता, फि तथा कमिसनबाट हुने आम्दानी पनि बढेको छ । इम्पेयरमेन्ट चार्ज घटेको छ ।

बैंकले ३ खर्ब ३२ अर्ब निक्षेप संकलन गरेर २ खर्ब २१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ९३ करोड रुपैयाँ जम्मा रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी बढेर २५.६८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ । यस बैंकको लाभांश वितरण क्षमता ऋणात्मक छ । एनपीएल ४.४७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार