काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणपूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिस्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताए ।
नेपालको भुधरातलिय बिशिस्टता सुहाउदो विकास मोडेल आवश्यक रहेको जनाउदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधीबारे समेत अध्ययन गर्न समेत उनले आग्रह गरे । आवश्यक नीति र कानुन निर्माण र संशोधनका लागि सरकार तयार रहेको पनि उनले जनाए ।
ठूला राजमार्गहरुको विकास र विस्तार, आधुनिक सुरुङहरुको निर्माण, नेपालको विशिष्ट भुबनोट सुहाउँदा सुरक्षित सडक लगायतका संरचना निर्माणमा नेपाली ईन्जिनियरहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली ईन्जिनियरहरुको शिक्षा र क्षमतलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरे ।

