नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने देखि लिएर यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।

यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उनले बताए । सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँदैन ।

उक्त सुरुङमार्गको भौतिक प्रगति हाल ९३ प्रतिशत रहेको छ ।
सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)नीति स्वीकृत गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एआई नीति-२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो।

त्यस्तै मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटी व्यावसायिक प्रशिक्षक केन्द्र, बुटवल र व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीको लागि आर्थिक वर्ष ०८२-०८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार