काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुले अवास कर्जास्वरुप ४ खर्ब १० अर्ब ४ करोड ५ लाख वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा २४ अर्ब ६३ करोड ३ लाखले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले अवास कर्जास्वरुप ३ खर्ब ८५ अर्ब ४१ करोड २ लाख वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले समग्रमा अवासकर्जा प्रवाह बढेको हो । गत आर्थिक वर्षको जेठसम्म वाणिज्य बैंकले अवास कर्जास्वरुप ३ खर्ब २६ अर्ब ७२ करोड ६० लाख वितरण गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११ अर्ब ६३ करोड ५१ लाखले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वािणज्य बैंकले अवास कर्जास्वरुप ३ खर्ब १५ अर्ब ९ करोड ९ लाख वितरण गरेको थियो ।
गत आर्थिक वर्षको जेठसम्म विकास बैंकले अवास कर्जास्वरुप ६८ अर्ब ६७ करोड ५ लाख वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११ अर्ब ६० करोड ९५ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकले अवास कर्जास्वरुप ५७ अर्ब ६ करोड १० लाख रुपैयाँ वितरण गरेको थियो ।
गत अर्थिक वर्षको जेठसस्म वित्त कम्पनीहरुले अवास कर्जास्वरुप १४ अर्ब ६४ करोड ४० लाख वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनाा १ अर्ब ९४ करोड ३६ लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले आवास कर्जास्वरुप १२ अर्ब ७० करोड ४ लाख रुपैयाँ वितरण गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदा त्यसको फाइदा लिदै ग्राहकहरुले घर अर्थात् आवासको लागि खर्च गरेको पाइन्छ । सस्तो ब्याजदरमा कर्जा पाउने भए सँगै आवास निर्माणमा लागेको बैंक तथा वित्तीय संस्थाका अधिकारीहरु बताउँछन् ।

