काठमाडौं । मनकामना इन्जिनियीरिङ्ग हाईड्रोपावरले पाँचौ वार्षिक साधारण सभा भदौ २० गते गर्ने भएको छ ।
बुधबार २८ गते बसेको सञ्चालक समितिको बैठक अनुसार कम्पनीको पाँचौ साधारण सभा रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु महारजगञ्ज काठमाडौंमा हुने भएको छ ।
सो सभामा आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र हकप्रद शेयर निष्कासनको प्रस्तव मा छलफल गर्ने छ ।साधारण सभा प्रयोजनाको लागि भदै ६ गते एक दिनको लागि शेयरधनी दर्ता किताब बन्द हुनेछ ।
सभामा उपस्थित हने शेयरधनीले सभाकक्ष भित्र प्रवेश गर्नको लागि आफनो परिचय खुल्ने किसिमको फेटो सहितको कुनै प्रमाणपत्र वा शेयर प्रमाण पत्र साथमा हुनु पर्नेछ ।

