प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आइपीओमा लक्ष्मी सनराइज क्यापिटल प्रत्याभूतिकर्ता नियुक्त

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार