मनसुन केही कमजोर हुँदै जाने पहाडको केहि स्थार र तराईमा हल्का बर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । फलस्वरुप, नेपालमा मनसुन केही कमजोर हुने देखिन्छ ।

बिभागले जनाए अनुसार आज दिउसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज रातमा भने  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ मौसम पुर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम पुर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाशाखाले पछिल्लो समय बिभिन्न निकाय तह र साजाजिक सञ्चाल प्रयोगकर्ताले बाढी र बर्षाको बिषयमा भर्म श्रजना गरेको भन्दै बिभागको आधिकारि वेभसाइट र बिझागले ह्याणडिल गर्ने सामाजिक सञ्जाल मात्र प्रयोग गर्न भनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार