काठमाडौं । संघिय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गत रहेका ५ संसदीय समितिको बैठक बस्दैछ आज प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतिकरण र छलफल हुने कार्यसुची रहेको छ । आजको , उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा “निकासी पैठारी (नियमन) विधेयक, २०८१” माथि विषय विज्ञहरूसँग छलफल हुने कारयसुची रहेको छ । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैटकमा Hindu Kush Himalaya Parliamentarians’ Meet-2025 सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्सयैगरि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ भने राष्ट्रियसभा अन्तगर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक,२०८१ माथि दफाबार छलफल हुनेछ ।

