काठमाडौं । अघिल्लो वर्ष लाभांश क्षमता ऋणात्मक भएका ५ वटा बैंकहरुको अहिले उक्त क्षमता धनात्मक देखिएको छ । एनएमबि, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश वितरण क्षमता धनात्मक देखिएको हो । यद्दपि, यी बैंकहरुमध्ये केही उक्त क्षमता न्यून छ । त्यसैले यिनीहरुले लाभांश नदिने सम्भावना पनि प्रवल छ । साथै,, एनपीएल ५ प्रतिशत भन्दा धेरै भएकाले पनि प्रतिफल दिन सक्दैनन् ।
यता, गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने २० वटा वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकको लाभांश वितरण क्षमता सबैभन्दा धेरै देखिएको छ । गत वर्षको नाफाबाट यस बैंकले सेयरधनीलाई ३८.२७ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता छ । अघिल्लो वर्ष लाभांश वितरण क्षमता २८.०६ प्रतिशत रहेको थियो ।
दोस्रोमा, सानिमा बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ । स्टान्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, नबिलको १७.६४ प्रतिशत लाभांश वितरण क्षमता छ ।
प्राइम कमर्सियल बैंकको १४.३३, ग्लोबल आइएमईको १४.११, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत, लक्ष्मी सनराइजको १२.३४, नेपाल एसबीआइको ११.२९, एनएमबिको १०.४० प्रतिशत लाभांश वितरण क्षमताछ । यता, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत र सिटिजन्स बैंकको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ । त्यसैगरी, प्रभु बैंकको ४.४४ प्रतिशत लाभांश क्षमता देखिएको छ ।
यता, कुमारी बैंक, हिमालयन, नेपाल बैंक र एनआइसी एसियाको लाभांश वितरण क्षमता ऋणात्मक छ । अघिकांश बैंकहरुको ब्याज आम्दानी बढेको छ । साथै, केहीको इम्पेयरमेन्ट चार्ज घटेको छ । जसकारण नाफामा सुधार देखिएको हो । नाफासँगै लाभांश वितरण क्षमतामा पनि सुधार आएको छ ।


