नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ६ अर्ब ७५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.४५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस बैंकले ४ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसको खुद ब्याज आम्दानी १५ अर्ब ११ करोडबाट घटेर १४ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ । यता, फि तथा कमिसनबाट हुने आम्दानी बढेको छ । इम्पेयरमेन्ट चार्ज ठूलो अंकले घटेको छ । त्यसैले नाफामा सुधार आएको हो ।

बैंकले ४ खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब २६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ७४ करोड रुपैयाँ जम्मा रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी बढेर १९.८० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ छ । यस बैंकको लाभांश वितरण क्षमता १.४४ प्रतिशत छ । एनपीएल ५.८५ प्रतिशत कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार