काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१.९६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस बैंकले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसको खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोडबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यता, फि तथा कमिसनबाट हुने आम्दानी बढेको छ । इम्पेयरमेन्ट चार्ज ठूलो अंकले घटेको छ । त्यसैले नाफामा सुधार आएको हो ।
बैंकले ९० अर्ब १ करोड निक्षेप संकलन गरेर ६९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी बढेर २३.०७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ छ । यस बैंकको लाभांश वितरण क्षमता १२.५९ प्रतिशत छ । एनपीएल ४.७२ प्रतिशत कायम भएको छ ।

