महालक्ष्मी विकास बैंकको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस बैंकले ५० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९६ करोडबाट बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यता, फि तथा कमिसनबाट हुने आम्दानी बढेको छ । इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । बैंकले ५५ अर्ब ११ करोड निक्षेप संकलन गरेर ४२ अर्ब १ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३४ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर ११.७९ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६६.०४ रुपैयाँ छ । यस बैंकको लाभांश वितरण क्षमता ११.५१ प्रतिशत छ । एनपीएल ४.८६ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार