काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७१ प्रतिशत कम हो । अघिल्लो वर्ष यस कम्पनीले ५९ करोड ५ लाख नाफा कमाएको थियो ।
खुद बीमाशुल्क संकलन १ अर्ब ६० करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी २७ करोड ८० लाख कायम भएको छ । कर्जा तथा लगानीबाट हुने आम्दानी घट्दा नाफामा सामान्य गिरावट आएको हो । अन्य आम्दानी भने बढेको छ ।
२ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्गमा ७५ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । सेयर प्रिमियममा ११ करोड १७ लाख छ । यता, प्रतिसेयर आम्दानी २१.९० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४५.५५ रुपैयाँ छ ।

