घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । यो सँगै शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँ तोकिएको छ ।

बिहीबार भने सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारका लागि छापावाला सुन १० ग्रामको मूल्य १ लाख ६८ हजार २१० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ ।
यो सँगै शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ९८५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार