CLI

प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले पोखरास्थित रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लिमा उपलब्ध सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

पोखरास्थित प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच बिहीबार एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरिएको हो ।
बैंकका प्रमुख व्यवसाय केन्द अधिकृत राजु राना मगर र हस्पिटलका तर्फबाट अध्यक्ष आनन्द भट्टराईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट-क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटलले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ । प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल बीच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

Leave Your Comment

Related News