फोटोन र सोकोन नाडा २०२५ का लागि यूनिट्री ह्युमानोइड एक्सपिरियन्ससहित तयारी अवस्थामा

काठमाडौं । फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउने भएको छ । अटो शो जुन आगामी अगस्ट १९ देखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। यस वर्ष फोटोनले सबै अटोप्रेमी, व्यवसायी तथा एडभेन्चर सिकरहरूलाई आफ्नो आधिकारिक स्टलहरू – फोटोन टुन ल्यान्डपिक अपका लागि स्टलनम्बर A7 र फोटोनई भीभ्यान तथा सोकोन सिरिजका लागि स्टलनम्बर J4 र J6  मा आमन्त्रण गरिएको छ ।

फोटोनको स्टलमा आगन्तुकहरूले अत्याधुनिक यूनिट्री ह्युमानोइड सँग प्रत्यक्ष संवाद गर्दै उन्नतरो बोटिक्स प्रविधिको नजिकबाटअवलोकन गर्न र यसको अद्भुत क्षमताहरू प्रत्यक्ष देख्न सक्ने छन्।

स्टल A7  मा आगन्तुकहरूले नेपालको आइकनिक फोटोन टुनल्यान्डपिकअप हेर्न सक्नेछन्, जसले दुई तीन दिनमा नै देशका ८ वटा सबैभन्दा चुनौतीपूर्ण अफ–रोड गन्तव्यहरूमा यात्रा पूरा गरेर इतिहास बनाएको छ। शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्सर कठिन परिस्थिति झेल्न सक्ने मजबूत सस्पेन्सन सहित टुनल्यान्डपिक अप डाँडा काँडा देखि हिलाम्मे निर्माणस्थल सम्म सजिलै पार गर्न सक्षमछ।

यसको डिजाइनले मजबुती र आराम दुवैलाई अभिव्यक्त गर्दछ, जसले यसलाई व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उत्कृष्ट युटिलिटीपिक अप बनाउँछ।

यसका तीन मोडल प्रदर्शनमा रहनेछन्, जसमा प्रमुख मोडल टुनल्यान्ड G7 पनि छ। आगन्तुकहरूले शक्तिशाली टुनल्यान्ड G7 डिजेलको अनुभव गर्नुका साथै टुनल्यान्ड सिरिजका दुई नयाँ दमदार मोडलको पहिलो झलक पाउनेछन्, साथै अन्यमोडलहरू पनि अवलोकन गर्न सक्नेछन्।

स्टल J4  माफोटोनले आफ्नोसवारी–साधनहरूको लाइन अपप्रदर्शन गर्दैछ, जसमा माउन्टेनईभीर G7  TM1  मोडलहरू पनि समावेश छन्।

स्टल J6 मासोकोनले आफ्नो विद्युतीय भ्यान प्रस्तुत गर्दैछ, जुन वातावरणमैत्री यातायात खोज्ने व्यवसायका लागि व्यावहारिक समाधान हो।नेपालमा वातावरणमैत्री यातायातको माग तीव्र गतिमा बढिरहेको अवस्थामा, फोटोन र सोकोनका विद्युतीय सवारी–साधनहरू शहरी तथा आसपासका क्षेत्रमा यात्रा गर्नेका लागि उत्तम विकल्प हुन्, जसले आज सहज यात्रा र भोलिको ग्रीन भविष्य सुनिश्चित गर्छन्।

नाडा अटोशोले सबै नयाँ मोडलहरू अवलोकन गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा त्यहीबाट अफर र फाइनान्ससुविधाहरू प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ।

फोटोन टुनल्यान्डपिक अपका लागि स्टल A7 र फोटोन ईभीभ्यान तथा सोकोनका लागि स्टल J4 र J6 मा अवश्य भिजिट गर्नु होस्। ९८५१४१७१२२ वा ९८०२३६७५०१ मा अहिले नै सम्पर्क गरेर आफ्नो स्टल भिजिट र व्यक्तिगत परामर्शका लागि अग्रिम दर्ता गर्नु होस्र तपाईंलाई प्रतीक्षा गरी आर्कषक उपहारहरु जित्ने मौका समेत प्रदान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार