काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहक र कर्मचारीले र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा(इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड), हस्पिटलबाट लिने स्वस्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैङ्कका बीचमा भएको सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट पाउने कुमारी बैङ्कले जनाएको छ ।
विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता रहेको जनाएको छ , देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकवर्गलाई सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । बैंङ्कले यसअघि ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिसकेको उल्लेख गरेको छ , जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको बैङ्कले बताएको छ । बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गरिने अठोट व्यक्त गरेको छ ।

