CLI

सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ सडक अबरुद्ध

बागमती । सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने सडक अबरुद्ध भएको छ।

हेटौँडा–फाखेल–दक्षिणकाली–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यस्तै, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको छ। दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उनको भनाइ छ।

Leave Your Comment

Related News