काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाला सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
यो सँगै आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको छ ।
शुुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुन १० ग्रामको १ लाख ६७ अजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी महासंघका अनुसार आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदी प्रतितोला २३१० रुपैयाँले कारोबार भएको छ । यसैगरी चाँदी आज १० ग्रामको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो सँगै शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

