काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । सोमबार देखि निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको थियो भने आइतबार पुनः घटेको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.७४ अंकले र सेन्सेटिभ इन्डेक्स १.५५ अंकले घटेको हो ।
आइतबार ३१७ वटा कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ७३ करोड ५१ लाख पुगेको छ । जुन बिहीबारको तुलनामा २७ करोड १० लाखले बढी हो । बिहीबार ३२० वटा कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर खरीद बिक्री हुँदा करोबार रकम ७ अर्ब ४६ करोड ४१ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब १० अर्ब ९४ करोड ९४ लाख रहेको छ ।
आइतबार १०८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन सम्पूर्ण १३ वटा समूह घटेको छ । वाणिज्य बैंक १५, विकास बैंक ३०, वित्त २३, होटल पर्यटन १५, जलविद्युत २८, लगानी ०.९३, जीवन बीमा ९४, उत्पादन र प्रशोधन ७७, लघुवित्त ६९, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ८३, व्यापार ६९ र अन्य समूह ३६ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी , हिमालयन रिइन्स्योरेन्स ,नेपाल रिपब्लिक मिडिया, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र शिवम सिमेन्ट रह्यो । नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ६७ लाख , हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख ,नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २२ करोड ४२ लाख र शिवम सिमेन्टको २२ करोड १४ लाख बराबर कारोबार भयो ।

