निर्जीवन बिमा कम्पनीहरुको नाफामा गिरावट, बिमा शुल्क संकलन भने बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । नेप्सेमा सूचीकृत १२ वटा निर्जीवन बिमा कम्पनीहरुले गत वर्षको असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बिमा कम्पनीहरुले १२ महिनामा ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको भन्दा ५.७९ प्रतिशत कम हो ।
अघिल्लो वर्षको सोही अवधिमा यी कम्पनीहरुले ४ अर्ब ९८ करोड नाफा कमाएका थिए । यता, बिमा शुल्क संकलन भने बढेको छ । उक्त शुल्क संकलन २०.८२ प्रतिशतले बढेर १५ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ ।

कस्तो छ समग्र वित्तीय अवस्था ?

चुक्ता पुँजी र रिटेन्ड अर्निङ

आइजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । शिखरको २ अर्ब ९२ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी छ । समग्रमा निर्जीवन बिमाहरुको २७ अर्ब २ करोड १४ लाख रुपैयाँ बराबरको पुँजी छ ।

यता, रिटेन्ड अर्निङ भने राष्ट्रिय बिमा कम्पनीको सबैभन्दा धेरै २ अर्ब ४७ करोड रुपैयाँ बराबरको छ । समग्रामा बिमाहरुको रिटेन्ड अर्निङमा ६ अर्ब २१ करोड छ ।

बिमा शुल्क संकलन

सगरमाथा लुम्बिनीको बिमा शुल्क संकलन २ अर्ब ११ करोड रुपैयाँ रहेको छ । सिद्धार्थ प्रिमियरले २ अर्ब ५ करोड, हिमालयन एभरेष्टले २ अर्ब २ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । नेकोले १ अर्ब ७१ करोड, शिखरले १ अर्ब ७१ करोड बिमा शुल्क संकलन गरेको छ । समग्रमा बिमाहरुले १५ अर्ब ७२ करोड बिमा शुल्क संकलन गरेका छन् ।

नाफा

सिद्धार्थ प्रिमियरले सबैभन्दा धेरै ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा, नेकोले ५५ करोड ८ लाख, हिमालयन एभरेष्टले ५३ करोड २३ लाख, शिखरले ५३ करोड २३ लाख नाफा कमाएका छन् । बिमाहरुले समग्रमा ४ अर्ब ७० करोड नाफा आर्जन गरेका छन् ।

प्रतिसेयर आम्दानी

राष्ट्रिय बिमाको प्रतिसेयर आम्दानी १६०.३८ रुपैयाँ छ । सिद्धार्थ प्रिमियरको २५.४१ रुपैयाँ, नेकोको २१.९० र हिमालयन एभरेष्टको २१.२९ रुपैयाँ इपीएस छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार