एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमा आबेदन दिने म्याद थप

काठमाडौं । एन आई सी एशिया बैंक लि. एन आई सी एशिया बैंक म्युचुअल फण्ड ‘अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमा आबेदन दिने म्याद थप भएको छ

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम प्रति इकाई अंकित मूल्य १०/- को १०,००,००,००० (दश करोड) इकाई मध्ये बीज पूँजी बापत कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) इकाई कोष प्रवर्द्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखि बाँकी न्यूनतम ८,५०,००,००० ( आठ करोड पचास लाख) इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा १०/- अंकित दरको ५,००,००,००० इकाई मिति २०८२साउन २९ देखी गते देखि २०८२भदौ २ गतेसम्म संस्था/सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा माग बमोजिम आबेदन प्रापत नभएकाले  निष्काशनको बिक्री खुल्ला अबधि मिति २०८२ भाद्र १२ गतेसम्म कायम गरिएको कम्पनीले जनाएको  छ ।

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा न्यूनतम  १०० युनिटको लागि र  अधिकतम इकाई संख्या : १,००,००,००० .१०/- प्रति इकाईका दरले आबेदन दिन पाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार