काठमाडौं । संघिय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रियसभाका ३ संसदीय समितिको बैठक आज एकैदिन बस्न लागेको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्न लागेको छ । अर्थ समितिको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको ३ बजे बस्न लागेको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको समिति सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक ११ बजे बस्न लागेको छ । आजको विधायन व्यवस्थापन समितिपय बैठकमा बहुचर्चित संघिय निजामति सेवा विधेयक,२०८० माथि सैद्दान्तिक छलफल हुने कार्यसुची तोकिएको छ ।

