CLI

नेप्सेको नाम र लोगो प्रयोग गरि हुन सक्ने ठगिबाट जोगिन नेप्सेको आब्हान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झूठा दाबीहरू देखिएकोमा गंभिर ध्याकनाकर्षण भएको जनाएको छ  । नेप्सेले यस्ता  गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्ने बताउदै। नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने हुँदा  सामाजिक सञ्जालमा आएका त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत भएको बताएको छ ।

नेप्सेले सूचना / प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध भएको उल्लेख गर्दै

हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुप / क्लबहाउस / टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न  र लगानीकर्तालाई  सुचित गरेको  छ  । नेप्सेको नाम/लोगो/भवनको तस्वीर प्रयोग गरेर एप / पेज / समूह बनाइएका माध्यमहरुमा व्यक्तिगत विवरण नदिन र कसैलाइ पनि आफ्नो पासवर्ड नदिन पनि लगानीकर्तालाइ आव्हान गरेको छ  ।

नेप्सेले यस्ता खालका शंकास्पद सामग्री देखिएमा स्क्रिनसट / लिङ्क सहित नेप्सेलाई [email protected] मार्फत जानकारी दिनुहुन अनुरोध गरेको छ ।

 

Leave Your Comment

Related News