बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको छ ।  उनलाई हिजो भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले बर्वास्त गरेको हो ।  उनी बीमा प्राधिकरणको अध्यक्ष नियुक्त हुदाँ पेश गरेको कार्याअनुभबको कागजात नक्कली टहर  भएपश्चात उनलाइ सरकारले बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गरेको हो ।

नियुक्त लगत्तै योग्यता विवादमा पर्दै आएका बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेको तीन सदस्यीय छानबीन समिति गठन गरेसँगै सो अविधभर अध्यक्षको पद निलम्बन रहेको थियो ।

छानबीन समितिले उनले पेश गरेका कागजात किर्ते भएको ठहर गरि सरकारलाई प्रतिबेदन बुझाएसँगै उनलाई सरकारले तिन दिन स्पस्टिकरण सोधेको थियो उनसको स्पस्टीकरण चित्त बिझ्दो नभएको भन्दै उनलाई मन्त्रि परिषदले बर्वास्त गरेको हो।

कञ्चनपुर घर भएका पूर्व पत्रकार शरद ओझालाई सरकारले गत फागुन १२ गते नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। उनी प्रतिस्पर्धी पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौलालाई पछि पार्दै नियुक्त भएका थिए।

उनको नियुक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आशीर्वादमा भएको बताइन्छ, र उनी बिचौलिया दीपक भट्टका निकट मानिन्छन्।

नियुक्ति भएसँगै ओझामाथि योग्यता नपुगेको र नक्कली डकुमेन्ट पेश गरेको गम्भीर आरोप लागेको थियो। विशेष गरी, ३३ वर्षका ओझासँग प्राधिकरणको अध्यक्षका लागि आवश्यक योग्यता नरहेको र उनले कामै नगरेको पदमा काम गरेको भनि फर्जी अनुभवको प्रमाणपत्र पेश गरेको आरोप लागेको थियो उनका बिरुद अदालतमा परेको मुद्दाको पेशी मीसिर महिनाको लागि पुर्याउन उनी सफल भएका थिए ।

अर्थमन्त्रीको असन्तुष्टि र राजीनामाको दबाब

नियुक्ति भएसँगै विवादमा तानिएका ओझाप्रति पछिल्लो समय अर्थमन्त्री विष्णु पौडेल पनि सन्तुष्ट थिएनन्। उनले यसअघि नै ओझालाई अध्यक्ष पदबाट राजीनामा दिएर मार्ग प्रस्स्त गर्न भनेका थिए अर्थमन्त्रीको आग्रहलाई उनले अटेर गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार