सन नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी तालिम प्रदान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण (एएमएल) र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी ( सीएफटी) तालिम सम्पन्न भएको छ । साथैवित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले सम्पत्ति शुद्धिकरण (एएमएल) र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी ( सीएफटी)सम्बन्धी विशेष तालिम नगरकोट स्थित रत्नागिरि रिर्सोट मा आयोजना गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुबास भण्डारीले तालिम प्रदान गरेका थियो । उनले सम्पत्ति शुद्धिकरण र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने बताए । साथै एएमएल र सीएफटी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।

कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाइ ज्यु तथा कम्पनीका अन्य पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार