काठमाडौं । पछिल्लो समय घरजग्गा कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आथिक वर्ष २०८१/८२ को जेठसम्म घर जग्गा कर्जास्वरुप २ खर्ब ७७ अब ७१ करोड ६ लाख वितरण गारेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशत अर्थात् १७ अर्र्ब ५९ करोड ४ लाखले बढी हो । अघिल्लो आवको जेठसम्म बैंक तथ वित्तीय संस्थाहरुले घर जग्गा कर्जा स्वरुप २ खर्ब ६० अर्ब १८ करोड २ लाख वितरण गरेको थियो ।
वाणिज्य बैंकले आव २०८१/८२ को जेठसम्म घर जग्गा कर्जास्वरुप २ खर्ब ३२ अर्ब ३७ करोड २ लाख वितरण गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५ अर्ब २५ करोड ३ लाखले कम हो । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकले घर जग्गा कर्जास्वरुप २ खर्ब १७ अर्ब ११ करोड ९ लाख वितरण गरेको थियो ।
विकास बैंकले आथिक वर्ष २०८१/८२ को जेठसम्म घर जग्गा कर्जास्वरुप ३३ अर्ब ५७ करोड ८ लाख वितरण गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८३ करोड ३ लाखले बढी हो । अघिल्लो आवको जेठसम्म विकास बैंकले घर जग्गा कर्जास्वरुप ३२ अर्ब ७४ करोड ५ लाख वितरण गारेको थियो ।
वित्त कम्पनीहरुले आथिक वर्ष २०८१/८२ को जेठसम्म घर जग्गा कर्जास्वरुप ११ अर्ब ७६ करोड ६ लाख वितरण गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २० अर्ब ९७ करोड ९ लाखले कम हो । अघिल्लो आवको सोही अवधिमा वित्त कम्पनीले घर जग्गा कर्जास्वरुप ३२ अर्ब ७४ करोड ५ लाख वितरण गारेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरु मध्ये विकास बैंकले घरजग्गा कर्जा वृद्धि गर्दा अन्य संस्थाहरुले घटाएको छ । विकास बैंकले घरजग्गा कर्जा २.५४ परातशतले वद्धि गर्दा वाणिज्य बैंकले ७.०३ प्रतिशत र वित्त कम्पनीले ६४.०७ प्रतिशतले घटाएको हो ।

