काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेर ४७७.०६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.४० अंकले र सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले बढेको हो ।
मंगलबार ३१६ वटा कम्पनीको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ६३ करोड ६५ लाख पुगेको छ । जुन सोमबारको तुलनामा ५४ करोड ३३ लाखले कम हो ।
सोमबार ३२० वटा कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब १७ करोड ९८ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब ३७ अर्ब १३ करोड रहेको छ ।
मंगलबार १४२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन सम्पूर्ण १३ वटा समूह बढेको छ । वाणिज्य बैंक ६, विकास बैंक १२, वित्त ०.७१, होटल पर्यटन ४, जलविद्युत ६, लगानी ०.२४, जीवन बीमा ३३, उत्पादन र प्रशोधन ३५, लघुवित्त ७, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा १५, व्यापार ८ र अन्य समूह २ अंकले बढेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिष्ट्रलरी लिमिटेड, राधी विद्युत कम्पनी, बुटवल पावर कम्पनी र माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ । युनाइटेड मोदी हाइड्रोपावरको ३१ करोड ७२ लाख, हिमालयन डिष्ट्रलरी लिमिटेडको २८ करोड ३७ लाख, राधी विद्युत कम्पनीको २० करोड ३३ लाख, बुटवल पावर कम्पनीको १७ करोड ५० लाख र माउन्टेन इनर्जी नेपाल लिमिटेडको १७ करोड ८ लाख बराबर कारोबार भयो ।

