नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन, शून्य ब्याजदरको सुविधा

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि इ– भितारा नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ । साथै सो अटो शोमा दशैं तिहार भरीका लागि लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले छ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, छ वर्षको लागि निः शुल्क पी.यम.एस पाट्र्स, दुई लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन सकिने छ ।

कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ, भने १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्नु हुनेछ । साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।

सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी भख्ष्तबचब सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ । विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो सुजुकी ‘डीएनए’ (क्गशगपष् म्ल्ब्)को उत्कृष्ट सम्मिश्रणको इ– भितारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।

ईभी उत्कृष्टताको लागि निर्मित

  • सुजुकीको पहिलो मास–प्रोडक्सन ब्याट्री इलेक्ट्रिक भेहिकल  (BEV), नयाँ,  HEARTECT–e प्लेटफर्ममा आधारित छ । जसले उत्कृष्ट पर्फर्मेन्स, आराम्दाई यात्रा र सुरक्षा प्रदान गर्छ।
  •  २,७०० मि.मि. ह्वीलबेस र ५.२ मि. टर्निङ रेडियस
  •  अधिक स्पेस र आराम्दाई यात्राको लागि फ्ल्याट–फ्लोर डिजाइन
  • “Emotional Versatile Cruiser “ अवधारणा आधारित दमदार एसयूभी स्टाइलिङ
  • १८–इन्च एयरोडाइनामिक अलोय ह्वील्ससहित
  • स्मार्ट ३–इन–१ इलेक्ट्रिक ड्राइभ युनिट र ४९÷६१ पध्ज ब्याट्री विकल्प, ५०० किमी+ रेन्ज
  • चरम तापक्रममा पनि स्थिर प्रदर्शन दिने थर्मल म्यानेजमेन्ट सिस्टम।

भविष्यवादी डिजाइन, प्रिमियम अनुभव

  •  डिजिटल ककपिट र प्रिमियम फ्लोटिङ कन्सोल
  •  १०–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट्स
  •  प्यानोरामिक सनरुफ र मल्टिकोलर एम्बिएन्ट लाइटिङ
  •  १०.१” टचस्क्रिन, १०.२५” डिजिटल डिस्प्ले र Infinity by Harman  साउन्ड

उन्नत प्रविधि र सुरक्षा

  • ३० डिग्रीसेन्टीग्रेट प्लस ६० डिग्रीसेन्टीग्रेट सम्म परीक्षण गरिएको विश्वसनीयता
  •  ५०% भन्दा बढी हाई–टेन्साइल स्टिल संरचना
  • Level @ ADAS,   ७ एयरब्याग, सबै पाङ्ग्रामा डिस्क ब्रेक
  • एडाप्टिभ ग्रिल शटर – अझ लामो ड्राइभिङ रेन्ज

कम्पनीका अनुसार, भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ। सुजुकीले भख्ष्तबचब को लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ। ईभी मात्र नभई, कम्पनीले विभिन्न बजारहरूको आवश्यकता अनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ, जसमा द्यभ्ख् (ब्याट्री इलेक्ट्रिक), ज्भ्ख् (हाइब्रिड), ऋल्न् र बायोफ्युल्स प्रविधिहरूको संयोजन समावेश हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार