काठमाडौं । सञ्चालनमा रहेका ७ वटा लघु बिमा कम्पनीहरुले १२ महिनामा १० करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा २१८ प्रतिशत धेरै हो । ७ मध्ये २ वटाको मात्र उक्त नाफा घटेको छ । संस्थाहरुले लगानी तथा कर्जबाट हुने आम्दानी बढेको छ । साथै, बिमा शुल्क संकलन पनि बढेको छ । त्यसैले नाफामा सुधार आएको हो । समग्रमा जीवन र निर्जीवन लघु बिमा कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएको छ ।
चुक्ता पुँजी र रिटेन्ड अर्निङ
जीवन र निर्जीवन लघु बिमाहरुको चुक्ता पुँजी ४ अर्ब ३५ करोड पुगेको छ । जसमध्ये ३ वटाको पुँजी ७५ करोड रुपैयाँ बराबर रहेको छ । अरुको पुँजी ५२ करोड ५० लाख बराबर छ । यता, रिटेन्ड अर्निङमा गार्डियन माइक्रो लाइफको सबैभन्दा धेरै ४ करोड ८१ लाख रुपायँ रहेको जम्मा छ । समग्रमा बिमाहरुको रिटेन्ड अर्निङमा ८ करोड ९३ लाख रुपैयाँ जम्मा रहेको छ ।

बिमा शुल्क संकलन
लघु बिमा कम्पनीहरुले १ अर्ब २४ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । यो अघिल्लो वर्षको भन्दा ५९२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष उक्त शुल्क संकलन १७ करोड ९२ लाख थियो । जसमध्ये सबैभन्दा धेरै गार्डियन लाइफले ३९ करोड ९५ लाख, केष्ट माइक्रोले ३३ करोड ९५ लाख बिमा शुल्क संकलन गरेका छन् ।

नाफा
जीवन र निर्जीवन लघु बिमाहरुले १० करोड ७२ लाख नाफा कमाएका छन् । यो अघिल्लो वर्षको भन्दा २१८ प्रतिशत धेरै हो । ७ वटा बाहेक अरु सबैको नाफा बढेको छ । अघिल्लो वर्ष ७ वटा कम्पनीले ३ करोड ३७ लाख नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानी क्रेस्टको सबैभन्दा धेरै ३.०३ रुपैयाँ छ । औसतमा यिनीहरुको प्रतिसेयर आम्दानी २.२० रुपैयाँ रहेको छ ।


