असोज १ देखि सबारी साधन धनिले अनिबार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने

काठमाडौं । असोज १ देखि सबै खालका सबारी साधन धनिले अनिबार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने भएको छ ।

२०८२ साउन ४  मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले असोज १ देखि अनिबार्य रुपमा इम्बोस्ड नम्बर प्लेट  जडान गर्नु पर्ने  निर्णय गरेसँगै  सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८२ भदौ ३ गते १ सुचना जारि गर्दै अनिबार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न भनेको हो ।

मन्त्रालयले सबै सबारीधनीलाई  यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरुमा गई High Security Embossed Number Plate जडान गर्न भनेको छ   ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार