काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न भदौ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

