क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको करिब सवा १ लाख कित्ता शेयरको लक इन सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सामूहिक लगानी कोषहरुको लागि छुटाएको साधारण शेयरको लक इन अवधि आगामी असोज ५ गते सकिने भएको छ । लक इन अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन् ।

सामूहिक लगानी कोषहरुले १लाख १२ हजार ५०० कित्ता सेयर होल्ड गरेका छन्।

यी सेयरहरु लक इन खुलेपछि दोस्रो बाजारमा कारोबारको लगि योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म म्युचुअल फन्डलाई छुट्याएको सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार