प्रतिनिधिसभा बैठक : विषेश कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूचीबाट विषेश कारणवश ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ सूची हटाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले समसामयिक विषयमा राख्नुहुने जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची रहेको थियो । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रावधान रहेको छ ।

सभामुख देवराज घिमिरेले सदनको आजको बैठकमा विषेश कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जानकारी गराए ।

कार्यसूचीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । यसैगरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार