CLI

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराईका भू-भागमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (Near Normal position) मा अवस्थित रहेको छ।

बिभागले बताए अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पुर्बानुमान महाशाखाले उल्लेख गरेको  छ  ।

आज राती देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमा महाशाखाले उल्लेख गरेको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आज बिहान जारी गरेको २४ घण्टाको मौसम पुर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ  ।

 

 

 

Leave Your Comment

Related News