सशस्त्र प्रहरीमा ८ सय ५० जनालाइ रोजगारीको अबसर

काठमाडौं । सशस्त्र प्रहरीले  बिभिन्न पद गरि ८ सय ४६ जनाको लागि रोजगारिको लागि आबेदन माग गरेको छ  । सशस्त्र प्रहरी बल मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा, हलचोक, स्वयम्भू, काठमाडौं द्वारा माग गरिएको आबेदनमा सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फका पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाईएको छ ।  सशस्त्र प्रहरी बलमा रोजगार गर्न  योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले  अनलाइन मार्फत वा १०को  को टिकट टाँसी स्वयं उपस्थित भई आफूलाई  पायक पर्ने सशस्त्र प्रहरी बल, नेपालको तोकिएको कार्यालयहरुमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।

दरखास्त फाराम बुझाउने मिति २०८२ भदौ ६ गते देखी  २०८२ असोज ०५ गते कार्यालय समयसम्मलाई तोकिएको छ  ।

अनलाइन मार्फत तोकिएको समयभित्र दरखास्त फाराम भरेका सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका आवेदकहरुले मिति २०८२ असिज ७ गते कार्यालय समयभित्र आफूले दरखास्त आवेदन दिंदा रोजेको कार्यालयमा स्वयं उपस्थित ‘भई सक्कलै दरखास्त फाराम बुझाउनु पर्नेछ ।

सशस्त्र प्रहरी बलमा  जागिर खानको लागि आजको मितिले  दिन १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ  । शैक्षिक योग्यता कम्तिमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । पुरुषको हकमा उचाई कम्तीमा पाँच फिट दुई इन्च र तौल कम्तीमा ५० के.जी. तथा महिलाको हकमा उचाई कम्तीमा पाँच फिट र तौल कम्तीमा ४२ के.जी. भएको हुनुपर्ने छ । नीजले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३० इन्च र फुलाउँदा ३२ इन्च भएको (महिलाको लागि नपर्ने), आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको हुनुपर्नेछ ।

प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य दुई जना नेपाल सरकारको बहालवाला राजपत्राङ्कित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको हुनुपर्नेछ ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्य नरहेको, आतङ्ककारी संगठनको सदस्य नरहेको,

भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,  मानव अधिकार र मानवीय कानूनको उल्लङ्घनमा सजाय नपाएको हुनुपर्नेछ

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार