प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

काठमाडौं । प्रभु क्यापिटलका २ वटा म्युचुअल फन्डहरुको बुक क्लोज मिति तय भएको छ । लाभांश प्रयोजनार्थ प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको बुक क्लोज भदौ १५ गते हुँदैछ । तसर्थ, भदौ १४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । प्रभु सेलेक्ट फन्डले र प्रभु स्मार्ट फन्डले गत वर्षको नाफाबाट क्रमशः १२ र १० प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार