नेपाली सेनामा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले २८० अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । सनोको भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै सहायक सेनानी र उपसेनानी पदका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक पोर्टल http://vacancy.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी सोको प्रिन्ट प्रति सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना छनौट केन्द्रमा दरखास्त पेश गर्नुपर्ने हुन्छ ।

सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको उक्त पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सेनाले जनाएको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले भदौ ६ गतेदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार