CLI

सेवोनको सञ्चालक सदस्यमा आनन्द राज शर्मा वाग्लेको सपथ

काठमाडौं । नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यको रुपमा  चार्टर एकाउन्टेन्स आनन्द राज शर्मा वाग्लेले  सपथ लिएका छन्  । नवनियुक्त सदस्य आनन्द राज शर्मा वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार शपथ गराएका हुन्  । उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य सिए. आनन्द राज शर्मा वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरुले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए।

उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का उपाध्यक्ष   हुन् । यस अघि आईक्यानका प्रतिनिधि निलसारु मगर आईक्यानको अध्यक्ष बनेपश्चात  सेबोनको सञ्चालक समितिमा  आईक्यानको प्रतिनिधि पदेन सञ्चालक हुने व्यवस्था बमोजिम उनी धितोपत्र बोर्डको सदस्य नियुक्त भएका हुन्  ।

यससँगै धितोपत्र बोर्डको संचालक समितिले पूर्णता पाएको छ। यस अघि नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा  उपाध्यक्ष हेमराज ढकाल बोर्डमा बोर्ड सदस्य भएका छन् ।

 

Leave Your Comment

Related News