काठमाडौं । नेपालको थप ८० मेगावाट बिजुली खरिदका लागि भारत सरकारले सहमति जनाएको छ । नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको उक्त परिमाणको बिजुली खरिद गर्न भारत सरकारले सहमति प्रदान गरेको नेपाल विदुत् प्राधिकरणले जनाएको हो ।
योसँगै नेपालले भारतसँग १०९० मेगावाट बिजुली निर्यात गर्नेछ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट बिजुली नेपालले निर्यात गर्नेछ । त्यस्तै, नेपालले बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ । यो अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि रहेको छ भने यो अनुमति मेगाघाट खोला ४८.५ र करुवा सेती हाइड्रोपावर ३१.०४ मेगावाटका लागि रहेको प्राधिकरणले जनाएकाे छ ।

