काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नाडा अटो शो सन् २०२५ मा आफ्नो सहभागिता जनाउँदै सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन (५५ इन्च)को प्रदर्शन गरेको छ । हालै बजारमा उपलब्ध भएको यो टेलिभिजन नेपालकै पहिलो Karaoke QLED TV हो, जसले घरमै कराओके अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।
यस वर्षको NADA अटो शोमा CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो इलेक्ट्रोनिक्स कम्पनीको रूपमा अटो शोमा इलेक्ट्रोनिक्स उत्पादन प्रदर्शनी गरेको हो, जुन अटोमोबाइल केन्द्रित प्रदर्शनीमा नयाँ आयाम थप्ने प्रयास हो ।
धेरैले CG Meridia Karaoke QLED TV मा आफ्ना मनपर्ने गीतहरू गाएर कराओके अनुभव गरिरहेका छन् । साथै, उत्कृष्ट प्रस्तुति दिने प्रतिभाशाली गायकहरूलाई CG द्वारा विशेष उपहारहरू पनि प्रदान गरिँदैछ । यस अनुभवले प्रदर्शनीमा रमाइलो वातावरण सिर्जना गरेको छ, जहाँ दर्शकहरू संगीतमार्फत आत्म-अभिव्यक्ति गर्दै CG को प्रविधिमा गहिरो चासो देखाइरहेका छन् ।
धेरैले टेलिभिजनको सजिलो प्रयोग, सिनेमाटिक साउन्ड, र QLED डिस्प्लेलाई घरको मनोरञ्जनको लागि आदर्श विकल्पको रूपमा लिएका छन् । “CG Meridia Karaoke QLED टेलिभिजन केवल एक उपकरण होइन—यो परिवार, साथीहरू र समुदायलाई संगीतमार्फत जोड्ने माध्यम हो । NADA मा यसलाई प्रदर्शित गर्न पाउँदा हामी उत्साहित छौं,” CG इलेक्ट्रोनिक्सका प्रवक्ताले बताए ।
CG Meridia Karaoke QLED TV को प्रमुख विशेषताहरू
५५” QLED 4K UHD डिस्प्ले (HDR10+, Dolby Vision, Anti-Glare)
इन्टिग्रेटेड सिनेमा साउन्डबार र Audio Drum Bass Engine
Dual Mic Input, Vocal Effects, र Karaoke Song Library
Google TV OS, Game Mode, 120Hz Refresh Rate
Dual-band Wi-Fi, Bluetooth 5.0, 3× HDMI, 2× USB पोर्टहरू
CG Meridia को विश्वस्तरीय प्रतिबद्धता
CG Meridia ब्रान्डले नेपाली बजारमा उच्च गुणस्तरका, विश्वस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरू ल्याउने प्रतिबद्धता जनाउँदै आएको छ। यस Karaoke QLED TV मा प्रयोग गरिएको QLED डिस्प्ले, सिनेमाटिक साउन्ड टेक्नोलोजी, र स्मार्ट Karaoke Interfaceले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
उपलब्धता र मूल्य
CG Meridia Karaoke QLED TV हाल CG Digital शोरूमहरू तथा अधिकृत विक्रेताहरूमा उपलब्ध छ । औपचारिक मूल्य: १ लाख ५ हजार ९९० रुपैयाँ छ ।

