काठमाडौं । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले प्रस्ताव गरेको लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले करसमेत १२ प्रतिशत र प्रभु स्मार्ट फण्डले १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
दुवै योजना बन्दमुखी प्रकृतिका योजना हुन् । प्रस्तावित प्रतिफल प्रयोजनका लागि दुवै योजनाले भदौ १५ गते एक दिन बुक क्लोज गर्न लागेका छन् । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन भदौ १२ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।
गत आर्थिक वर्ष २०८१/८२ को लागि यी योजनाहरूले प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् । बुक क्लोजको मितिपछि योजनाहरूको प्रतिफल वितरण हुनेछ ।

