CLI

बंगालको खाडीबाट निश्कने जलवाष्पयुक्त हावाको प्रभाव कायमै, बागमती र कर्णाली प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (Near Normal position) मा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ  ।

महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम पुर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार आज राती मधेश प्रदेश, कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भु-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

 

Leave Your Comment

Related News