काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४ कित्ता सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ । अर्थात ४ जनाले कम्पनीको ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

