नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सले आइपीओ जारी गर्ने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज ३ गते होटल एल्लो पगोडा, कान्तिपथ, काठमाडौंमा बिहाना ११ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार